कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली नदीमा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ । शनिबार साँझ दोधारा चाँदनी नगरपालिका–९ ढकनाघाटनजिकै नदीन पौडी खेल्दा बेपत्ता भएका दोधाराचाँदनी नगरपालिका – ५ का १७ वर्षीय विष्णु सुनारको शव फेला परेको हो ।

उनको शव दोधारा चाँदनी नगरपालिका – १० कुतियाकबर स्थित महाकाली नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताएका छन ।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















