खाेज्नुहाेस

डोटीको बोगटानमा निःशुल्क स्वास्थ्य शिविर, १९४ बालबालिका लाभान्वित

Image

डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवरा चौतारामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १९४ बालबालिकाले सेवा लिएका छन् । बिहीबार निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर धनगढीको आर्थिक सहयोग तथा गाउँपालिका र ७ नम्बर वडा कार्यालयको सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

navjiwan hospital

शिविरमा सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डाक्टर प्रदीप मिश्रले स्वास्थ्य चेकजाँच गरेका थिए ।  १९४ बालबालिकाको शिविरमा स्वास्थ्य जाँच गरिएको चवरा चौतारा स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश विकले बताए ।

attariya hospital

उनका अनुसार शिविरमा जँचाउन आएका बालबालिकामा कुपोषण, निमोनिया, दम, ग्याष्टिक, मानसिक समस्या, जन्मजात विकलाङ्ग लगायतका समस्या देखा परेको छ । शिविरमा निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।