
डोटी – डोटीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । शिखर नगरपालिका–७ लाटामान्डौमा रहेको छेडागाडमा नुहाउने क्रममा पौडी खेल्दा डुबेर रोल्पाको मध्यपश्चिम नगरपालिका–३ खुमेल घर भएका ३६ वर्षीय दिपेन्द्र घर्ति मगरको मृत्यु भएको हो ।
मृतक घर्तिमगर हिमाल रोजीन खोटो कम्पनिमा खोटो संकलन कार्यका लागि डोटी पुगेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

















