खाेज्नुहाेस

महाकाली नदीमा फसेका पुरुषको उद्धार

Image

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना पुरुषको उद्धार गरिएको छ । शनिबार बिहान महाकाली नदीको बीच भागमा फसेका काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–६ का ५२ वर्षीय उमेश चौलागाईंको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको हो ।

navjiwan hospital

सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले दोधारा–चाँदनी झोलुङ्गे पुलभन्दा करिब दुई किलोमिटर दक्षिण महाकाली नदीको बीच भागमा चौलागाईंलाई सकुशल उद्धार गरिएको बताए ।

attariya hospital

उनले दोधारा–चाँदनीको देवीस्थानमा रहेको सशस्त्र प्रहरी बलको विपद् तालिम प्राप्त टोली र इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले चौलागाईंको उद्धार गरेको बताए ।