खाेज्नुहाेस

धनगढीमा खैरो हेरोइनसहित तीन जना पक्राउ, मोटरसाइकल पनि नियन्त्रणमा

Image

धनगढी  – कैलालीको धनगढी उपमहानगरपालिका–९ बक्राकटानबाट प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो से २ प ६१३१ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई शंकाका आधारमा चेकजाँच गर्ने क्रममा ८६३ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरेको हो।

attariya hospital

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ निवासी २२ वर्षीय प्रकाश राना सहित तीन जना रहेका छन्। अन्य दुई जनाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन।

प्रहरीले लागूऔषधसहित मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।