खाेज्नुहाेस

शान्निकोट सामुदायिक बनद्धारा बालबालिकालाई खेलकुद सामग्री वितरण

Image

अत्तरिया– कैलालीको गौरीगंगा नगरपालिका– ६ मा रहेको शान्निकोट सामुदायिक बन उपभोक्ता समुहले बालबालिकाहरुलाई खेलकुद सामग्री वितरण गरेको छ । शुक्रबार सामुदायिक बन उपभोक्ता समुहले बालबालिकाहरुलाई क्रिकेट र फुटबलका सामग्रीहरु वितरण गरेको हो ।

navjiwan hospital

समुहका अध्यक्ष बहादुर खड्काले बालबालिकाहरुको खेलकुद प्रतिको अभिरुचीलाई मध्यनजर गर्दै खेलकुद सामग्री वितरण गरिएको बताए । पछिल्लो समय बालबालिकाहरु लागुऔषधको चंगुलमा फसिरहेको अवस्थामा खेलकुदका सामग्रीका कारण उनिहरुको लागुऔषधतिर ध्यान नजाने आफूले विश्वास लिएको उनले बताए ।

attariya hospital

अध्यक्ष खड्का का अनुसार बालबालिकाहरुको स्वास्थ्यका लागि पनि खेलकुद आवश्यक पर्ने गर्दछ । उनले बालबालिकाहरुको स्वास्थ्यलाई र उनिहरुको अन्तरनिहित प्रतिभालाई उजागर गर्न सामुदायिक बनले थोरै भएपनि सहयोग पु¥याएको बताए ।