खाेज्नुहाेस

सडक किनारमा कार रोकेर सेतीमा नुहाउन गएका एक जना बेपत्ता

Image

डोटी – सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन् । शिखर नगरपालिका–८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका–३ का अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ ।

navjiwan hospital

उनी सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए थिए ।

attariya hospital

कार सडक किनारमा रोकी उनी नुहाउन गएको प्रहरी नायव निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए । उनका अनुसार तामाङ बेपत्ता भएको सूचनामा सोही कारमा सँगै रहेका रेवन्त अधिकारीले दिएका थिए । प्रहरीले उनको खोजी गरिरहेको छ ।