नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने एडीबीको प्रक्षेपण

एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको छ।

Karma Consultancy

एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र ३.६ प्रतिशत दरमा बढ्ने प्रक्षेपण गरेको हो ।यस वर्षको प्रक्षेपित आर्थिक वृद्धिदर एडीबीले सप्टेम्बरमा गरेको अनुमानभन्दा कम हो । एडीबीले गत आव २०७९८० मा एशियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतले हुने प्रक्षेपण गरेको भए पनि वास्तविक वृद्धिदर १.८६ प्रतिशत कायम भएको थियो।

citizen security services
belauri nagarpalika

गत आर्थिक वर्ष नेपालको अर्थतन्त्र १.८६ प्रतिशतले विस्तार भएकामा यस वर्ष वृद्धिदर बढ्ने अनुमान एडीबीको छ । गत वर्ष महामारीमा सरकारले दिएको राहत विस्थापित भएको, महँगी बढेको र तेल तथा अन्य वस्तुको मूल्यको प्रभाव परेको थियो । यस वर्षभने आन्तरिक खपत विस्तारै बढेको, जलविद्युत् उत्पादन बढेको र पर्यटन क्षेत्रमा पुनरुत्थान भएको भन्दै एशियाली विकास बैंकले आशावादी प्रक्षेपण गरेको हो । यस वर्षको उत्साह आगामी वर्ष पनि कायम रहँदै सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशत हासिल हुने एडीबीको प्रक्षेपण छ ।

attariya hospital

समग्र दक्षिण एसियामा भने ६ प्रतिशतको वृद्धि हुने एडीबीले जनाएको छ। जसमा सबैभन्दा धेरै भारतमा ७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण एडीबीको छ। अन्य ६ देशको सकारात्मक भएपनि अफगानिस्तानको भने शून्य हुने एडीबीले जनाएको छ।

एडीबीले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुन व्यापार सहजीकरणको प्रयास बढाउनुपर्ने सुझाव समेत दिएको छ । एशियाली विकास बैंकले यो वर्ष नेपालको मूल्यवृद्धि दर ६.५ प्रतिशत रहने आकलन गरेको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.