धनगढी – धनगढी उपमहानगरपालिकाले भोलि (जेठ १२ गते) स्थानीय बिदा दिने निर्णय गरेको छ । धनगढी उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै सो दिन सार्वजनिक बिदा रहने जनाएको हो ।

सुदूरपश्चिम क्षेत्रकै ऐतिहासिक तथा सांस्कृतिक पर्वका रूपमा रहेको गंगादशहराको अवसरमा उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था तथा विभिन्न संघ–संस्थाहरूमा बिदा दिइने सूचनामा उल्लेख गरिएको छ ।

नगर कार्यपालिकाको मिति २०८१÷०४÷३१ को निर्णयअनुसार हरेक वर्ष ज्येष्ठ महिनाको शुक्ल पक्ष दशमी तिथिका दिन गंगादशहरा पर्व मनाइँदै आएको छ । यस पर्वलाई यहाँका सबै समुदायले विशेष आस्था र महत्वका साथ मनाउने परम्परा रहँदै आएको छ । यस वर्ष उक्त तिथि जेठ १२ गते मंगलबार परेको छ ।


















