खाेज्नुहाेस

बांगलादेशमा ट्रक दुर्घटना हुुँदा १५ जनाको मृत्यु

Image

ढाका –  मध्य बांगलादेश प्रमुख राजमार्गमा सोमबार बिहान भएको भीषण ट्रक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्।

फलामको रड र अतिरिक्त यात्रु बोकेको उक्त ट्रक अनियन्त्रित भई पल्टिँदा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ। दुर्घटना राजधानी ढाकाबाट करिब ८३ किलोमिटर उत्तर-पश्चिममा पर्ने टाङ्गैल जिल्लाको सोराटोल क्षेत्रमा बिहान करिब ५ बजे भएको हो।

attariya hospital
navjiwan hospital

स्थानीय प्रहरी प्रमुख फुआद हुसेनका अनुसार चालकले नियन्त्रण गुमाएपछि ट्रक सडकमा पल्टिएको थियो। उनका अनुसार ट्रकले हिचहाइक (यात्राका लागि लिफ्ट लिएका) यात्रुहरू बोकेको थियो र ढाकाबाट उत्तरी क्षेत्रतर्फ जाँदै थियो। दुर्घटनापछि घटनास्थलमै धेरै यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ।

घटना इस्लामिक पर्व ईद अल-अधा अघि यात्रुहरूको चहलपहल बढिरहेका बेला भएको हो। आगामी बिहीबार मनाइने उक्त पर्वका लागि धेरै मानिसहरू आफ्नो परिवारसँग भेट्न देशभर यात्रा गरिरहेका छन्। प्रहरीका अनुसार दुर्घटनामा परेकामध्ये अधिकांश दैनिक ज्यालादारीमा काम गर्ने मजदुर रहेका थिए।

उनीहरू चाडपर्वका लागि आफ्ना परिवारसँग पुनः भेट गर्न यात्रा गरिरहेका थिए। प्रत्यक्षदर्शीहरूले स्थानीय टेलिभिजन च्यानलहरूलाई बताएअनुसार ठूलो आवाज सुनेपछि उनीहरू घटनास्थलमा पुगेका थिए।