कैलालीमा फरार रहेका लायकराम र सूर्य पक्राउ

अत्तरिया- कैलालीमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको जोशीपुर गाउँपालिका-२ का लायकराम कुस्मी र टीकापुर नगरपालिका-१ का सूर्य शाह पक्राउ परेका हुन् ।

maya metro hospital

प्रहरीका अनुसार कुस्मीलाई जिल्ला अदालत कैलालीको फैसलाले सरकारी छाप किर्ते दस्तखत मुद्दामा ११ महिना ५ दिन कैद सजाय र ५० रुपैयाँ जरिवाना सुनाएको थियो भने शाहलाई सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय सुनाइएको थियो ।

उनीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी इकाइहरुबाट खटिएको टोलीले पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.