खाेज्नुहाेस

अत्तरियामा अचार बनाउने तालिम सुरु

Image

अत्तरिया – कैलालीको अत्तरियामा अचार बनाउने तालिम सुरु गरिएको छ । गोदावरी नगरपालिका – १ को सहयोगमा दलित महिला कृषक बचत समूहले ५ दिने अचार बनाउने तालिम सुरु गरिएको हो ।  तालिममा वडा नम्बर १ का २५ जना दलित महिला सहभागी रहेका छन् । तालिमको आइतबार वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष गम्भीर साउँदको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको थियो ।

कार्यवाहक वडा अध्यक्ष साउँदले वडाका दलित महिलालाई स्वरोजगार बनाउन तालिम आयोजना गरिएको बताए । उनले तालिममा सिकेका सीप व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे ।

attariya hospital
navjiwan hospital

दलित महिला अगुवा शकुन्तला सोवले दलित महिलालाई सक्षम र आत्मनिर्भर बनाउन सरकारको सहयोग न्यून भएको बताइन् । उनले दलित महिलालाई सशक्तीकरण गर्न स्थानीय सरकारले बजेट वृद्धि गर्नुपर्ने बताइन ।

दलित महिला कृषक बचत समूहकी अध्यक्ष राजु विकले दलित महिलालाई आत्मनिर्भर बनाउन थोरै भए पनि वडाले सहयोग गरेकोमा धन्यावाद ज्ञापन गरिन । उनले वडामा अझै पछाडि परेका महिलाहरूलाई आत्मनिर्भर बनाउन आगामी दिनमा पनि सहयोग गर्न वडा कार्यालयलाई आग्रह गरिन ।

चैत्र २२ गते सम्म सञ्चालन हुने अचार तालिमका लागि वडा कार्यालयले ५० हजार सहयोग गरेको जनाएको छ ।

maya metro hospital