खाेज्नुहाेस

धनगढीमा मच्छर मार्न बालेको आगोले गोठमा आगलागी

Image
file photo

अत्तरिया – धनगढीमा मच्छर मार्न बालेको आगोले गोठमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका-७ मनहेरा जेपी चोककी बाटु कामीको काठले बनेको खरले छाएको कच्ची गोठमा आगलागी भएको हो ।

navjiwan hospital

मच्छर मार्न बालेको आगोबाट बुधबार राति अचानक आगलागी हुँदा गोठभित्र रहेका २ वटा बाख्राका पाठा जलेर मृत्यु भएको प्रहरीले बताएको छ । आगलागीमा बाटु पनि जलेर सामान्य घाइते भएकी र सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपश्चात डिस्चार्ज भएकी प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ ।

attariya hospital

आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । गोठ पूर्ण रुपमा जलेर नष्ट भएको बताइएको छ । क्षतिको विवरण आउन बाँकी रहेको र प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।