गोदावरीकी कमलाको काठमाण्डौंमा उपचार सुरु 

Karma Consultancy
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ की कमला विष्टको काठमाण्डौंमा उपचार सुरु गरिएको छ । आर्थिक अभावका कारण ३ वर्षदेखि उपचार नपाएर घरमै थन्किएकी कमलाको अभियान मार्फत रकम सङ्कलन गरेर शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार सुरु गरिएको हो ।
citizen security services
उनको उपचारका लागि आवश्यक रकम सङ्कलन गर्न नेकपा एमाले गोदावरीका नेता गोकर्ण भट्टले  ‘कमला विष्ट बचाउ’ अभियान सञ्चालन गरेका थिए । उक्त अभियान अन्तरगत सोमबार बिहान सम्ममा ३ लाख ८४ हजार रुपैयाँ सङ्कलन भएपछि उनलाई घरबाटै उद्धार गरेर बुद्ध ऐयरको जहाज मार्फत काठमाण्डौं लगिएको हो । उनलाई अस्पतालमा भर्ना गरेर उपचार सुरु भइसकेको नेता भट्टले बताएका छन् ।
attariya hospital
मुटुको भल्भ नै फेर्नुपर्ने अवस्था भए पनि त्यसका लागि आवश्यक रकम नहुँदा कमला विगत ३ वर्षदेखि उपचार नपाएर घरमै छटपटाएर बस्दै आएकी थिइन ।
उपचारका क्रममा २०७७ चैत्र १४ गते भेरी अस्पताल पुगेकी उनलाई सोही समयमा काठमाण्डौंमा रहको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा गएर अपरेसन गर्न सुझाएको भए पनि आर्थिक जोहो गर्न नसक्दा उनी घरमै थन्किएकी थिइन । उनको उपचारमा साढे ४ लाख खर्च लाग्ने भएकाले अझै पन थप आवश्यक रकम सङ्कलन गर्ने काम जारी रहेको नेता भट्टले बताएका छन् ।
belauri nagarpalika
सोमबार बिहान घरबाट उद्धार गर्दा कमला निकै भावुक बनेकी थिइन । स्थानीयले अभियान सञ्चालन गरेका भट्ट र कमलालाई घरबाट माला लगाएर बिदाइ गरेका थिए ।
विदाईका क्रममा कमलाले बाच्ने आशा जागेको बताइन् । उनले अभियान सञ्चालन गरेर उपचारका लागि रकम सङ्कलन गरेकोमा धन्यावाद समेत दिइन ।
अभियान सञ्चालन गरेका भट्टले गरिब विपन्न नागरिकको स्वास्थ्य शिक्षाको प्रत्याभूति राज्यले गर्नुपर्ने भए पनि सरकार त्यसमा चुकेको बताए । उनले आगामी दिनमा पनि यस्ता विपन्न नागरिकलाई सहयोग गर्ने अभियान जारी रहने बताए ।
सम्बन्धित समाचार
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.