खाेज्नुहाेस

गोदावरीकी ‘कमला बिष्ट बचाउ’ अभियान सुरु

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ की कमला बिष्टको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ । आर्थिक अभावका कारण विगत ३ वर्षदेखि उपचार नपाएर छटपटाइरहेकी कमलाको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको हो ।

मुटुको भल्व नै फेर्नुपर्ने अवस्था भएपनि त्यसका लागि साढे ४ लाख खर्च लाग्ने भनेपछि घरमै पीडा सहदै बसेको देखेपछि आर्थिक संकलन अभियान सुरु गरेको एमाले गोदावरीका नेता गोकर्ण भट्टले बताएका छन ।

attariya hospital
navjiwan hospital

उनले सोचअनुसार सहयोग रकम संकलन भए कमलाको काठमाण्डौंमा लगेर उपचार गरिने बताए । हाल विभिन्न व्यक्तिहरुबाट सहयोग रकम जुट्न सुरु भइसकेको उनको भनाई छ ।

यसअघि अत्तरिया अनलाइनले ‘तीन वर्षदेखि उपचार नपाएर छटपटाउँदै गोदावरीकी कमला’ शिर्षकमा समाचार र भिडियो सामग्री प्रकाशित गरेको थियो । उक्त समाचार देखेपछि कमलाको अवस्था बुझ्नै घरमै पुगेका भट्टले सहयोग अभियान सुरु गरेका हुन ।

सम्बन्धित समाचार : तीन वर्षदेखि उपचार नपाएर छटपटाउँदै गोदावरीकी कमला