गोदावरी क्षेत्रमा डिभाइडरका कारण दुर्घटनाको जोखिम, नगरको बेवास्ता

अत्तरिया – मोहना अत्तरिया ६ लेन सडक अन्तरगत गोदावरी क्षेत्रमा राखिएका डिभाइडरका कारण सडक दुर्घटना भइरहेका छन् । दुर्घटना बढ्न थालेपछि धनगढी उपमहानगरपालिका क्षेत्रमा डिभाइडर हटाइएका भए पनि गोदावरी क्षेत्रमा भने डिभाइडर अझै सडकमै राखिएका छन् । सडक किनारामा साना सवारी साधन सञ्चालनका लागि डिजाइन गरेर डिभाइडर राखिएको भए पनि हाल सो क्षेत्रमा ठुला सवारी साधन पार्किङ गरिँदै आएको छ । डिभाइडर सँगै आवश्यक अन्य पूर्वदार सडक लाइट, पार्किङ, ट्राफिक लाइट निर्माण नगरिँदा हाल तिनै डिभाइडरका कारण दुर्घटनाको जोखिम बढेको हो ।

maya metro hospital

स्थानीयले पटक पटक डिभाइडर हटाउन आग्रह गरे पनि नगरपालिकाले भने बेवास्ता गर्दै आएको छ । यातायात व्यवसायी राजेन्द्र खड्काले डिभाइडरका कारण दुर्घटनाको उच्च जोखिम रहेको बताए । ‘दुर्घटनाको जोखिमकै कारण धनगढी उपमहानगरपालिकाले डिभाइडर हटाइसकेको छ’ उनले भने ‘गोदावरी नगरपालिकालाई हामीले धेरै पटक डिभाइडर हटाउन भनिसकेका छौ । तर, नगरपालिकाले सडक सँग समन्वय गरेर हटाउने भन्दै आएको छ ।’ उनले डिभाइडर हटाउन नगरपालिकाले चासो नदिए सबै व्यवसायी मिलेर डेलिगेसन दिने योजना रहेको बताए । उनले नगरपालिकाले डिभाइडर हटाउन चाहेमा आफूहरू चन्दा उठाएर दिन पनि तयार रहेको बताए ।

सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी राजेन्द्र बहादुर बस्नेतले डिभाइडर हटाउनको लागि आफूहरूले पनि पहल गरिरहेको भए पनि बजेट अभावका कारण काम गर्न नसकिएको जानकारी पाएको बताए । ‘गोदावरी नगरपालिकामा बजेट नभएका कारणले डिभाइडर नहटेको हामीले बुझेका छौ’ उनले भने ‘यो सडकमा डिभाइडर उपयुक्त छैन । यसले सानो दुर्घटना हुँदा पनि ज्यानको जोखिम बढाएको छ ।’ उनले डिभाइडर तत्कालै हटाउन सके राम्रो हुने बताए । ‘ज्यान जोखिममा पर्छ भने बजेट ठुलो कुरा होइन’ उनले भने ‘नगरपालिकाले यसमा ध्यान दिन आवश्यक छ ।’

attariya hospital

सुदूरपश्चिम प्रदेशका सांसद प्रकाश बमले नगरपालिका सँग समन्वय गरेर डिभाइडर हट्ने बताए । उनले ट्राफिक प्रहरी, प्रहरी र नगरपालिका बिच समन्वय भए डिभाइडर हट्ने बताए । आफूले पनि डिभाइडर हटाउन कुरा गर्ने उनको भनाइ छ ।

नगरका प्रवक्ता गोपाल दत्त भट्टले डिभाइडर हटाउनको लागि सडक डिभिजन कार्यालय सँग समन्वय गरिरहेको बताए । उनले डिभाइडर हटाउन एक हप्ता अगाडि मात्रै सडक डिभिजन कार्यालयका प्रमुख सँग कुरा गरेको भए पनि कहिले हटाउने भन्ने विषयमा भने स्पष्ट जवाफ नआएको बताए । उनले नगरपालिका आफैले पनि डिभाइडर हटाउन सक्ने भए पनि बजेटको अभाव रहेको बताए ।

बजार क्षेत्रमा पनि जोखिम

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले अत्तरिया बजार क्षेत्रमा दुर्घटनाको उच्च जोखिम रहेको बताए । उनले पूर्वपश्चिम राजमार्ग एसियन हाइवे भए पनि यसलाई आगनका रूपमा प्रयोग गरिदा दुर्घटना बढेको बताए । पूर्वपश्चिम राजमार्गको चौडाइ कम भएका कारण पनि दुर्घटनाको जोखिम बढी रहेको उनको भनाइ छ ।

उनले दुर्घटनाको जोखिम कम गर्न अत्तरिया बजार लगायत बसपार्क क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गर्न आवश्यक रहेको बताए । ‘अत्तरिया क्षेत्रमा जडान गरेका सिसिटिभी क्यामेरा मर्मत गर्नको लागि हामीले स्टमेट बनाएका थियौ । सबै क्यामेरा बनाउन ४ लाख आवश्यक पर्ने देखिएको छ’ उनले भने ‘केही बैङ्क तथा वित्तीय संस्था गर्न समन्वय गरेर प्रहरीले क्यामेरा राखेको भए पनि ती पर्याप्त छैनन् ।’ उनले क्यामेरा मर्मत गर्न सके हिट एन्ड रन केसको अनुसन्धान गर्न सहज हुने बताए ।

 

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.