भजनी – कैलालीमा जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भजनी नगरपालिका–२ रजवाराका २८ वर्षीय संजय चौधरी रहेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय तोकेपछि फैसला कार्यान्वयन गर्ने क्रममा चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले बुधबार राति उनकै घरबाट पक्राउ गरेको हो।
पक्राउ परेका चौधरीलाई आवश्यक कानुनी प्रक्रियाका लागि अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
















