अछामका दुई घरमा आगलागी, जलेर एक जना घाइते

अछाम- अछामका दुई घरमा आगलागी हुँदा एक जना जलेर घाइते भएका छन् । जिल्लाको मेल्लेख गाउँपालिका र ढकारी गाउँपालिकाको एक/एक घरमा आगलागी भएको हो ।

maya metro hospital

मेल्लेख-४ का कर्णबहादुर साउदको घरमा आगलागी भएको छ । उनले खाना पकाउँदै गर्दा भान्साको र्याकमा राखिएको पेट्रोल खसेर आगोमा पोखिँदा आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट जलेर घाइते उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ।

त्यस्तै, ढकारी-४ बालाताको एडी खर्कमा पहले टमट्टाको घरमा आज बिहान आगलागी भएको छ । आगलागीबाट घरमा रहेको एक तोला सुन, डेढलाख नगद रुपैयाँ, भाँडाकुडा, खाद्यान्न सबै जलेर नस्ट भएको प्रहरीले बताएको छ ।

attariya hospital

घरभित्र डोकोमा राखेका बाख्राको पाठाले डोको ढलाउँदा आगोमा परेको डोकोबाट सल्किएर आगलागी भएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.