अत्तरिया – कैलालीको अत्तरियामा २ मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन ।
अत्तरिया रहेको सशस्त्र बहिनी नजिकै भएको दुर्घटनामा २ जना घाइते भएका हुन ।


घाइते हुनेमा सुपप्र ०१००८ प ५९११ नम्बरको मोटरसाइकलमा सवार गोदावरी – ४ का ४० वर्षीय बाम देव अवस्थी र जनपा २६ नम्बरको मोटरसाइकलमा सवार कन्चनपुरको शुक्लाफाटा नगरपालिका -२ का २७ वर्षीय सन्जु सार्की रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटना घाइते भएका दुबै जनाको अत्तरियामा रहेको पदमा अस्पतालमा उपचार भैइरहेको प्रहरीले जनाएको छ ।
जनपा २६ नम्बरको मोटरसाइकलमा सवार २१ वर्षीय कमल बडाल भने सम्पर्कमा नआएको प्रहरीको भनाई छ ।













