अछामको वैद्यनाथ धाममा आज कोटिहोम लाग्दै, राष्ट्रपतिले उद्घाटन गर्ने

 

अछाम – अछामको वैद्यनाथ धाममा आजदेखि कोटिहोम लाग्ने भएको छ । साफेबगर नगरपालिका– १ मा रहेको वैद्यनाथ धाममा १४४ वर्षपछि सुरु हुन लागेको कोटिहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

maya metro hospital

अगामी २५ फागुनसम्म चल्ने कोटिहोमको उद्घाटन गर्न राष्ट्रपति पौडेल हेलिकप्टरमार्फत वैद्यनाथ धाम पुग्ने मूल आयोजक सिमितिले जनाएको छ ।

citizen security services

वैद्यनाथ नेपालका चार धाम मध्येको एक धाम मानिन्छ । यो पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.