अछाममा जिप दुर्घटना हुँदा एक बालकको मृत्यु, १४ जना घाइते

अत्तरिया- अछाममा जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । बुधवार बिहान जिल्लाको चौरपाटी गाउँपालिका-५ लुंग्रास्थित भित्री सडकखण्डमा से १ झ ४२९ नम्बरको जिप दुर्घटना भएको हो ।

maya metro hospital

दुर्घटनामा डोटीको पूर्वीचौकी गाउँपालिका-४ का राजेन्द्र खड्काका अन्दाजी १८ महिनाका छोरा इशान खड्काको न्याय हेल्थ अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

चौरपाटी-५ कै ५१ वर्षीय तेजबहादुर रावलले चलाएको लुंग्राबाट साँफेतर्फ जाँदै गरेको जिप एक्कासी अनियन्त्रित भई १५० मिटर तल खसेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए । घाइते सबैलाई उपचारको लागि न्याय हेल्थ अस्पताल वयलपाटा लगिएको बताइएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.