कैलालीको भजनीमा महोत्सव सुरु

कैलाली- कैलालीको भजनी नगरपालिकामा महोत्सव सुरु भएको छ । ‘कला साहित्य कृषि र व्यापार हाम्रो पहिचान, भजनी क्षेत्रको सर्वाङ्गिण विकास हाम्रो अभियान’ भन्ने मुल नाराका साथ भजनी महोत्सव आजबाट सुरु भएको हो ।

maya metro hospital

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले महोत्सवको उद्धाटन गरेका हुन् । उनले महोत्सवले ठाउँ अनुसारको कला र संस्कृतिको जगेर्ना गर्ने र स्थानीयको उत्पादनलाई बजारसँग जोड्ने प्रयास भइरहेको बताए ।

joshi vada pasal 2

भजनी उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव फागुन ८ गतेसम्म सञ्चालन हुनेछ । आयोजकले मन्त्री देउवालाई भजनी क्षेत्रका विकास निर्माणका ३ सुत्रीय मागपत्र समेत बुझाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.