
अछाम- अछाममा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका–३ दार्वाका जयबहादुर बुढाका ३ वर्षीय छोरा अंकित र झङ्करे बुढाकी ६ वर्षीया नातीनी निरुता बुढाको आगलागीमा परेर मृत्यु भएको हो ।
खरले छाएको ढुङ्गा र काठको गोठमा बुधवार साँझ आगलागी भएको थियो । आगलागीमा परी दुबै बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ । आगलागीबाट गोठ जलेर नष्ट भएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















