सरस्वती आविले मनायो ३६ औं वार्षिकोत्सव

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका –३ चौकीडाँडामा रहेको सरस्वती आधारभूत विद्यालयले ३६ औँ वार्षिकोत्सव मनाएको छ । विद्यालयले बुधबार एक कार्यक्रमका बीच पहिलो पटक वार्षिकोत्सव मनाएको हो ।

maya metro hospital

२०४६ सालमा स्थापना भएको विद्यालयले विगतका वर्षहरुमा वार्षिकोत्सव मनाउन सकेको थिएन । बुधबार गोदावरी नगरपालिका – ३ का वडाध्यक्ष तेजराज अवस्थी प्रमुख अतिथ्यतामा वार्षिकोत्सव मनाइएको थियो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरिशंकर जोशीको सभापतित्वमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक, समाजसेबी, बुद्धिजिबी, शिक्षाप्रेमी लगायतको उपस्थीती रहेको थियो । उक्त कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम, बिभिन्न विधामा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.