खाेज्नुहाेस

कैलालीमा फागुन १९ देखि गौरीगंगा गोल्ड कप, विजेताले ६ लाख पाउने

Image

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा अगामी फागुनमा गौरीगंगा गोल्ड कप हुने भएको छ । आयोजक  गौरीगंगा ११ स्पोर्टस क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै फागुन १९ गतेदेखि २८ गतेसम्म प्रतियोगिता हुने जनाएको हो ।

navjiwan hospital

क्लबका अध्यक्ष दिनेश कलेलका अनुसार प्रतियोगिताको विजेताले ६ लाखसहित ट्रफि, मेडल पाउने छन् भने उपविजेताले ३ लाख, ट्रफि, मेडल पाउनेछन् । उत्कृष्ट खेलाडीले ५० हजार, प्रत्येक विधाका उत्कृष्ट खेलाडीले १५१५ हजार पाउने र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले ५ हजार पाउने पाउनेछन् ।

add everest academy
attariya hospital

उनले चौथो संस्करणको खेलको तयारी सुरु भएको जानकारी दिए । गौरीगङ्गाको लिक्मा खेलमैदानमा हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका १० टिमले सहभागिता जनाउने छन् ।