अछामका प्रकाशको करेन्ट लागेर मृत्यु

सुर्खेत- अछामका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीका २५ वर्षीय प्रकाश बुढाको मंगलबार बिजुलीको पोलमा करेन्ट लागेर मृत्यु भएको हो ।

maya metro hospital

दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटवर्कको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ ।

एभरेस्ट नेटवर्क प्रालिको चरम लापरबाहीका कारण उनको मृत्यु भएको बताइएको छ । फाइवर बिस्तारका क्रममा कुनै पनि सुरक्षा सावधानीका सामाग्री प्रयोग बिना नै कर्मचारीलाई काममा खटाउने गरेको बताइएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.