
अछाम- अछाम घर भएकी सब-इन्जिनियर रमिता रावलको निधन भएको छ । पञ्चदेवल विनायक नगरपालिका-५ लयाँटीकी रावलको आज बिहान निधन भएको हो ।
उनी लामो समयदेखि पाठेघर र आन्द्राको क्यान्सरबाट पीडित थिइन् । नेपाल र भारतका विभिन्न क्यान्सर अस्पतालमा उपचार गराइरहेकी उनको काठमाडौँमा निधन भएको हो । रावल नेपालगन्ज महानगरपालिकामा कार्यरत थिइन् ।

