धनगढी- सुदूरपश्चिममा एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि ९ जना विद्यार्थी छनोट भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयबाट एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि पौष ५ गते प्रकाशित सूचना अनुसार आवेदन पेश गरेकामध्ये खुलातर्फ ५ र समावेशीतर्फ ४ गरी ९ जना छनोट भएका हुन् ।

छनोट भएकाहरुमा बाजुराको स्वामिकार्तिक खापर–४ का नितेशकुमार धामी, बझाङको जयपृथ्वी नगरपालिका–३ का अविशेक जोशी, सुर्मा गाउँपालिका–२ की नविना बोहरा, सायल गाउँपालिका–२ डोटीका दीप उपाध्याय र भागेश्वर–५ डडेल्धुराका भीमबहादुर बोहरा रहेका छन् ।

त्यस्तै, महिलातर्फ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ की रेखा जोशी, दलिततर्फ कैलालीको गौरीगंगा नगरपालिका–६ का रावल नेपाली, आर्थिक रुपले विपन्न खसआर्यतर्फ बाजुराको स्वामिकार्तिक खापर–५ का अविशेक महतरा र रानाथारुबाट कैलालीको गौरीगंगा नगरपालिका–६ की वर्षा चौधरी छनोटमा परेकी छन् । प्रदेश सरकारले हरेक वर्ष नौ जनालाई एमबीबीएस छात्रवृत्ति दिने गरेको छ।