पूर्वमन्त्री बुढाथोकीको निधन

काठमाण्डौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति ८० वर्षको उमेरमा नेता बुढाथोकीको निधन भएको हो ।

maya metro hospital

नेता बुढाथोकी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित थिए । पछिल्लो समय मिर्गौलामा समस्या आएपछि बुढाथोकी थप अस्वस्थ्य बनेका थिए । ‘सेतो बाघ’ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिकाका बासिन्दा बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए ।

नेता बुढाथोकी प्रधानपञ्च, जिल्ला पञ्चायत समापतिहुँदै राष्ट्रिय पञ्चायत सदस्य भएका थिए । उनी पञ्चायतकालमा जलस्रोत सहायक मन्त्री बनेका थिए । गणतन्त्रपछि पनि उनी संघीय मामिला सामान्य प्रशासन मन्त्री भएका थिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.