बैतडीमा लडेर घाइते भएकी महिलाको मृत्यु

बैतडी- बैतडीमा लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका-२ शर्मालीकी ३८ वर्षीया तोलादेवी महताको मृत्यु भएको हो ।

maya metro hospital

शुक्रबार घरबाट धनकोट भन्ने ठाउँ जाँदै गर्दा लडेर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।

स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल हुँदै निसर्ग अस्पताल धनगढी पुगाइएकी महताको शनिबार राति १२ बजेतिर उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.