कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र सशस्त्रको एफिएफ क्लव भिड्दै छन । दुवै बीचको खेल दिउँसो १२ बजे हुने छ ।

शुक्रबार गण्डकी प्रदेशले नेपाल प्रहरी र एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा पुगेका थिए ।

माघ १४ गतेदेखि महेन्द्रनगरको खुला मंचमा प्रतियोगिता शुरु भएको थियो । प्रतियोगितामा सात वटै प्रदेश र तीन विभागिय टिम गरि १० वटा टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ४ लाख, द्धितिय हुने टिमलाइ २ लाख प्रदान गरिने छ ।



















