
कञ्चनपुर- कञ्चनपुरमा प्रहरीले ६५ हजार मूल्यको अवैध सामान बरामद गरेको छ । जिल्लाको पुनर्वास नगरपालिका-११ अमरबस्तीबाट भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको ६५ हजार मूल्यको अवैध सामान बरामद गरेको हो ।
लेडिज सुट ५८ पिस र ७० प्याकेट आन्टी स्वीट सुपारी बिओपी डोकेबजारबाट खटिएको ५ जनाको पैदल गस्ती टोलिले बरामद गरी कैलाली भन्सार कार्यालय त्रिनगर बुझाएको प्रहरीले बताएको छ ।

