खाेज्नुहाेस

गण्डकी र एपिएफ कञ्चनपुरमा संचालित मुख्यमन्त्री कप भलिबलको फाइनलमा

Image

कञ्चनपुर – गण्डकी प्रदेश र सशस्त्रको एफिएफ क्लव कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन ।

शुकवार प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल प्रहरीको टिमलाइ पराजित गरेको हो । गण्डकी प्रदेशले नेपाल प्रहरीलाई ३ –२ को अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

add everest academy
attariya hospital
navjiwan hospital

त्यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । एफिएफ क्लबले त्रिभुवन आर्मी लाई ३–२ का अन्तरले पराजित गरेको हो ।

गण्डकी प्रदेश र एफिएफका बीच शनिबार दिउँसो १२ बजे फाइनल खेल खेलाइने छ । त्यस अघि तेस्रो स्थानका लागि नेपाल प्रहरीको टिम र त्रिभुवन आर्मी क्लब एक आपसमा प्रतिस्पर्धा गर्ने छन । माघ १४ गतेदेखि महेन्द्रनगरको खुला मंचमा प्रतियोगिता शुरु भएको थियो । प्रतियोगितामा सात वटै प्रदेश र तीन विभागिय टिम गरि १० वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ४ लाख, द्धितिय हुने टिमलाइ २ लाख र तृतीय हुने टिमलाई नगद १ लाख सहित ट्रफी प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । चौथो हुने टिमलाई समेत ५० हजार नगद प्रदान गरिने छ ।

attariya technical collage

प्रतियोगितामा सेमिफाइनल देखि चार खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई ५ हजार प्रदान गरिएको छ । प्रतियोगिता भरीका उत्कृष्ट खेलाडी लाइ २० हजार तथा उत्कृष्ट ६ बिधामा १० हजारका दरले पुरुस्कार प्रदान गरिने छ ।