खाेज्नुहाेस

नक्कली टिकट ठेली प्रकरण : अत्तरियामा कालोपट्टी बाधेर विरोध

Image

अत्तरिया – नक्कली टिकट ठेली प्रकरणको छानबिनको माग गर्दै अत्तरियामा टाउकाेमा कालोपट्टी बाधेर विरोध गरिएको छ । ‘नक्कली टिकट प्रकरण सत्यतथ्य छानविन दवाव संघर्ष समिति’ नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै अत्तरिया चोकमा कालोपट्टी बाधेर विरोध जनाएको हो ।

navjiwan hospital

संघर्ष समितिका संयोजक गणेश बलायरले घटनाको छानबिनका लागि दवाव दिन कालोपट्टी बाधेर विरोध जनाएको बताए । उनले घटनाको छानविन संगै अत्तरिया उद्योग वाणिज्य संघको कार्यसमितिलाई माघ २० गतेसम्म राजीनामा दिन दवाव दिइरहेको बताए ।

attariya hospital

अत्तरियामा पुस २६ गतेदेखि माघ ७ गते सम्म सञ्चालित सुदूरपश्चिम महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएका थिए । नक्कली टिकट ठेलीबाट टिकट काटेर महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघलाई हानी नोक्सानी पु¥याएको भन्दै छानविन गरी दोषी पत्ता लगाउन माग गरिदै आएको छ ।

सम्बन्धित समाचार: व्यवसायीद्धारा अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारीको राजीनामा माग