खाेज्नुहाेस

कञ्चनपुरको कलकत्तामा अवैध सामानसहित एक युवक पक्राउ

Image
file photo

कञ्चनपुर- कञ्चनपुरमा अवैध सामानसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका-८ कलकत्ताबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका ३२ हजार ४ सय मूल्यको सामानसहित बेलौरी-१० सडकघाटका २७ वर्षीय हुकुमदास चौधरी पक्राउ परेका हुन् ।

navjiwan hospital

चकलेट, पोलिथिनलगायत मोटरसाइकल एक थानसहित बिहीवार पक्राउ परेका प्रहरीले बताएको छ । यस्तै, भीमदत्त नगरपालिका-१० विद्युत कार्यालय अगाडि र भीमदत्त-११ चौकीसत्ताबाट भारतबाट भन्सार छली ल्याएका १ लख ९ हजार १४० मूल्यका हार्डवेयरका सामान, चप्पल, चिनी, दाल, मिश्री लगायतका सामान बेवारिसे अवस्थामा फेला बताइएको छ ।

add everest academy
attariya hospital

उक्त सामान भन्सार कार्यालय गड्डाचौकी बुझाइको प्रहरीले जनाएको छ ।