अत्तरिया – कञ्चनपुरको बेलौरीमा वन्यजन्तुबाट जोगिन जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । बुधबार प्रहरीले बेलौरी नगरपालिका – ८ पचुईमा जनचेतनामुलक कार्यक्रम आयोजना गरेको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी चौकी पचुईबाट प्रहरी नायव निरिक्षक रामकृष्ण जिशीको कमाण्डको टोलीले स्थानीयलाई वन्यजस्तुबाट जोगिन सचेतनामुलक कार्यक्रम गरेको थियो ।


पुइच क्षेत्रमा मंगलबार मात्रै उखु बारीमा बाघ पसेको स्थानीयले देखिपछि त्रास फैलिएको थियो । उखु बारीमा बाघ पसेको स्थानीयले खबर गरेपछि सव डिभिजन वन कार्यालय पचगडियाबाट वनकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरेपछि फेला परेको थिएन् । पुइचमा बैशाखमा बाघको आक्रमणमा परि एक महिलाको मृत्यु भएको थियो ।
सम्बन्धित समाचार : बेलौरीको उखुबारीमा बाघ नभेटिएपछि वनको टोली फिर्ता