कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका – ८ पचुइ क्षेत्रमा बाघ उखु बारिमा पसेको खबरपछि खोजी गरिरहेको वनको टोली फिर्ता गएको छ । मंगलबार दिउँसो स्थानीय अनिल चौधरीले पचुइ स्थित जगन्नाथ मन्दिर आसपासमा उखु लोड गरिरहेको बेला बाघ देखेपछी गाउमा त्रास फैलिएको थियो ।

पछी सव डिभिजन बन कार्यालय पचगडिया बाट बनकर्मी ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानीयले खोजी गरेरहेका थिए । बाघ भएको बाघ आएको कुनै ठोस प्रमाण नभेटिएपछी बनकर्मी फिर्ता आएको सव डिभिजन बन कार्यालय पचगडिया का प्रमुख दिनेश कुमार यादवले बताए ।

‘बाघ आएको कुनै ठोस प्रमाण भेटिएनन्’ प्रमुख यादवले भने ‘पाईला को छाप निशान केही छैन ,अन्दाजको भरमा होहल्ला भएको पाईएपछी फिर्ता बोलाइयो ।’ पचुइमा गत बैशाख –९ मा बाघको आक्रमणमा परि एक महिलाको मृत्यु भएपछि स्थानीय बाघ पसेको खबरले त्रसित छ्न ।















