धनगढी – धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिता अन्तर्गत मंगलबार ४ खेल सम्पन्न भएका छन् । चार खेलमा धनगढी मोडेल माध्यमिक बिद्यालय, सुदुरपश्चिमाञ्चल एकेडेमी, सरस्वती माध्यमिक बिद्यालय धनगढी र इलायन्स इन्टरनेशनल स्कुल क्वाटर फाइनल प्रवेश गरेका छन् ।
धनगढी रगंशालामा भएको पहिलो खेल अन्तर्गत धनगढी मोडेल माध्यमिक बिद्यालय धनगढीले नास्ट एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित ग-यो । धनगढी मोडेलसँग पराजित भएसंगै नास्ट एकेडेमी खेलबाट बाहिरिएको छ भने धनगढी मोडेल माध्यमिक बिद्यालय क्वाटर फाइनल प्रवेश गरेको छ ।


दोश्रो खेमा सुदुरपश्चिमाञ्चल एकेडेमीले अत्तरिया स्थित होलिल्याण्ड इङ्लिस बोर्डिङ स्कुललाई ४–२ गोल अन्तरले पराजित गरेको गर्दै प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ । होलिल्याण्ड इङ्लिस बोर्डिङ स्कुल खेलबाट बाहिरिएको छ । तेश्रो खेलमा धनगढी स्थित सरस्वती माध्यमिक बिद्यालयले धनगढीकै ऐश्वर्या बिद्या निकेतनलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । यो संगै सरस्वती माध्यमिक बिद्यालय प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ, भने ऐश्वर्या बाहिरिएको छ । अन्तिम चौथो खेलमा एलायन्स इन्टरनेशनल स्कुलले ‘सिसिएस प्लस टु’ ए लाई ५–० गोल अन्तरले पराजित गर्यो । यो संगै एलायन्स पनि प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ ।
यस अघी ‘सिसिएस प्लस टु’ बी, वेस्टर्न क्रिस्टल एकेडेमी, त्रिनगर माध्यमिक बिद्यालय र लोटस आई बोर्डिङ स्कुल क्वाटर फाइनल प्रवेश गरिसकेका छन् । क्वाटर फाइनल चरणका ४ खेल बुधबार हुने छन् ।
१६ बिद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्यायनरत बिद्यार्थीहरु सामेल छन । प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद सहित ट्रफी र मेडल तथा दोश्रो पुरस्कार ३५ हजार नगद सहित ट्रफी र मेडल रहेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडीले नगद ३ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र उपलब्ध गराइने स्कुलका प्रिन्सिपल तिर्थ फुलाराले बताए । प्रतियोगितामा ह्याट्रिक गर्ने खेलाडीलाई नगद १ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
















