खाेज्नुहाेस

मृगौला पिडित अछामका झंकरको उपचारमा सहयोग गरिदिन अनुरोध

Image

अत्तरिया – अछामको चौरपाटी गाउँपालिका –२ का झंकर साउँदको उपचारमा सहयोग गरिदिन अनुरोध गरिएको छ । दुवै मृगौला फेल भएका उनको उपचारमा आर्थिक अभावका कारण समस्या हुन थालेपछि परिवारले आर्थिक सहयोग गरिदिन अनुरोध गरेको हो ।

navjiwan hospital

सुरुवाती चरणमा ब्लडप्रेसरको समस्याका कारण विरामी परेका उनको सोही रोगको कारणले दुवै मृगौला फेल भएको उनका छोरा टेक साउँदले बताए । विगत केही दिन देखी हप्तामा एक दिन अनिवार्य डायलायसिस गराईरहेको बताउदै उनले घरको आर्थिक अवस्था नाजुक हुँदा सो काम पनि गर्न सकिने अवस्था नरहेको बताए ।

attariya hospital

यसैबिच साउँदको उपचारका लागि सहयोग रकम जुटाउन कैलालीको गोदावरी नगरपालिकाका स्वास्थ्यकर्मि गणेश जिमि साउँद अग्रसर बनेका छन । उनले मृगौला पिडित झंकर साउँदको उपचारका लागि अभियान नै सञ्चालन गरेर सहयोग रकम जुटाउने बताए । साउँदको उपचारका लागि सहयोग गर्न प्रभु बैकमा रहेको खाता नं.०३००२५०१०७००००१७ मा रकम जम्मा गर्न सकिने समेत बताईएको छ ।