
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १२ का एचआईभि संक्रमितहरुलाई न्यानो कम्बल वितरण गरिएको छ । सोमबार वडा कार्यालयको आर्थिक सहयोगमा गोदावरी प्लसले एक कार्यक्रमको आयोजना गरी वडामा रहेका एचआईभि संक्रमितहरुलाई न्यानो कम्बल वितरण गरेको हो ।
वडामा रहेका एचआईभि संक्रमितहरुलाई चिसोबाट बचाउन वडाले कम्बल वितरण गरेको वडाध्यक्ष भीम बहादुर खड्काले जानकारी दिए । उनले वडाको चालु आर्थिक वर्षको निति तथा कार्यक्रम अनुसार उक्त कार्य गरिएको बताए ।

















