खाेज्नुहाेस

धनगढीमा सीसीएस प्लसटु खुला फुटबल प्रतियोगिता हुँदै

Image

धनगढी- धनगढीमा सीसीएस प्लसटु अन्तरविद्यालय खुला फुटबल प्रतियोगिता हुने भएको छ । क्रिसेन्ट सिटी स्कुल धनगढीको आयोजनामा फुटबल प्रतियोगिता हुन लागेको हो ।

navjiwan hospital

आयोजक क्रिसेन्ट सिटी स्कुलका प्रतियोगिता संयोजक सागर साउँदका अनुसार प्रतियोगिता यही माघ १५ गतेदेखि २० गतेसम्म धनगढी रगंशालामा सञ्चालन हुने छ । धनगढीसहित विभिन्न ठाउँका १६ विद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्यायनरत विद्यार्थीहरुको सहभागिता रहने छ ।

attariya hospital

प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद र द्वितीय पुरस्कार ३५ हजार नगदसहित ट्रफी, मेडल रहेको संयोजक साउँदले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ३ हजार, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही नगद २ हजार ५ सयसहित मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा ह्याट्रिक गर्ने खेलाडीलाई नगद १ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजारका दरले पुरस्कार प्रदान गरिने बताइएको छ ।