खाेज्नुहाेस

अछाममा जंगली जनावरको छाला, सिङ र भरुवा बन्दुक सहित एक जना पक्राउ

Image

अत्तरिया – अछाममा जंगली जनावरको छाला, सिङ र भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन । बिहिबार मंगलसेन नगरपालिका १२ ठाँटीखाँद बस्ने टंक बहादुर शाहीको घरबाट जङ्गली जनवारको छाला, सिङ तथा अवैध भरुवा बन्दुक बरामद गरिएको हो ।

navjiwan hospital

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले शाहीको घरबाट छाला, सिङ र भरुवा बन्दुक बरामद गरेको थियो ।

attariya hospital

पक्राउ परेका शाहीमाथि थप अनुसन्थानको पक्रिया अगाडि बढाइएको अछाम प्रहरीले जनाएको छ ।