चौकिडाँडा सामुदायिक बनद्धारा अति विपन्न परिवारका विद्यार्थीलाई न्यानो लुगा वितरण

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको चौकिडाडा महिला सामुदायिक बन उपभोक्ता समुहले गरिब एवम् विपन्न परिवारका विद्यार्थीहरुलाई न्यायो लुगा वितरण गरेको छ । सामुदायिक बन उपभोक्ता समुहले सोही वडामा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेको हो ।

Karma Consultancy
belauri nagarpalika

उक्त विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका विद्यार्थीहरुलाई १ लाख बराबरका न्यायो लुगाहरु वितरण गरिएको समुहका सहसचिव आशिष भट्टराईल जानकारी दिए । उनले चिसो मौषममा आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुको अवस्थालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्य गरिएको बताए ।

citizen security services

उनका अनुसार समुहले अति विपन्न र गरिब परिवारका विद्यार्थीहरुलाई न्यानो ज्याकेट, ट्राउजर सहित बेल्ट र टाई पनि सहयोग गरेको थियो । उक्त सहयोग सामग्री सामुदायिक बनका पदाधिकारीहरुले विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.