बाजुरा- बाजुराको खप्तड छेडेदह गाउँपालिकामा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा नम्बर १ को काँडामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुरा र गाउँपालिकाको पुश विकास शाखाको संयुक्त आयोजनामा एक दिने शिविर सञ्चालन गरिएको हो ।
![maya metro hospital](https://attariyaonline.com/wp-content/uploads/2022/08/Maya-metro-big-banner-gif-1.gif)
शिविरमा २ हजार ८ सय बढी पशु चौपायाको उपचार गरिएको छ । एक हजार ६ सय ८६ बाख्रा, ४ सय ८३ गाई, २९ कुखुरा, ३ सय ६४ गोरु, २ सय ३६ भैंसी, २ कुकुर र ५ घोडाको उपचार गरिएको बताइएको छ ।
पशुपालक किसानको व्यवसाय प्रवद्र्धन र विकासमा सहयोग पुर्याउने उद्देश्यले नि:शुल्क पशु स्वास्थ्य उपचार शिविर सञ्चालन गरिएको पशु सेवा विज्ञ केन्द्र बाजुराका कार्यालय प्रमुख सिद्धराज जैशीले बताए ।
![attariya hospital](https://attariyaonline.com/wp-content/uploads/2024/04/attariya-hospital.gif)