खाेज्नुहाेस

सशस्त्र प्रहरी दिवसको पुर्वसन्ध्यामा वैद्यनाथ बाहिनीद्धारा विविध कार्यक्रम आयोजना

Image

अत्तरिया – सशस्त्र प्रहरी दिवशको पुर्वसन्ध्यामा कैलालीको अत्तरियामा रहेको बैद्यनाथ बाहिनीले विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । २३औ सशस्त्र प्रहरी दिवशको पुर्वसन्ध्यामा बाहिनीले रक्तदान कार्यक्रमका साथै, स्वास्थ्य शिविर तथा अत्तरिया बजार सरसफाई लगायतका कार्यक्रमहरु आयोजना गरेको हो ।

navjiwan hospital

बिहिबार गरिएको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । जसमा ३८ पुरुष र ३ जना महिलाहरुको सहभागीता रहेको बताईएको छ । यस्तै सोही दिन आयोजना गरिएको स्वास्थ्य शिविरमा भने १३९ जना सहभागी भएका थिए । जसमा ९२ जना पुरुष र ४७ जना महिला रहेका छन ।

attariya hospital

बाहिनीले दिवशकै पुर्वसन्ध्यामा शुक्रबार अत्तरिया बजारमा सरसफाई कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बाहिनिका ईन्स्पेक्टर पदम राज भट्टको कमाण्डमा ९५ जना सशस्त्र प्रहरी जवानको टोली, ईलाका प्रहरी कार्यालय मालाखेतीका ईन्स्पेक्टर बासुदेव भट्टको कमाण्डमा रहेको १० जना प्रहरीको टोली, गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्ट लगायतका प्रतिनिधि, अत्तरिया उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष अशोकराज देवकोटा, वर्तमान अध्यक्ष कल्याण सिँह बोहरा लगायतका प्रतिनिधिको टोली सहभागी रहेको थियो । बाहिनिले दिवशको अवसरमा यही माघ ९ गते भव्य कार्यक्रम आयोजना गर्दैछ ।