गौरीगंगामा कान र दाँतको निःशुल्क चेकजाँच शिविर आयोजना

अत्तरिया – कैलालीको गौरीगंगामा एक दिने कान तथा दाँतको निःशुल्क चेकजाँच शिविर आयोजना गरिएको छ । गौरीगंगा नगर स्तरीय मेलमिलाप केन्द्र चौमलाको आयोजनामा, नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको सहकार्य तथा वडा नम्बर ९ को समन्वयमा १ दिने शिविर विहिवार मसुरिया स्वास्थ्य चौकीमा सम्पन्न भएको हो ।

maya metro hospital

सुदूरपश्चिम सामुदायिक कान उपचार केन्द्र अत्तरिया र मुस्कान डेन्टल होमको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा कानका १ सय ३ तथा दातको समस्या भएका १ सय २० जनाको चेकजाँच गरिएको थियो । शिबिरमा दातको जाँच गराएका बिरामीको उपचारमा २५ प्रतिशत सहुलियतमा उपचार पाउने मुस्कान डेन्टल होमका डाक्टर रोशन भट्टले बताए ।

शिविरको प्रमुख अतिथि रहेका गौरीगंगा नगरपालिका नगर उपप्रमुख भोज बहादुर बमले उद्घाटन गरे । बमले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै महिलाहरुको ठूलो समस्याको रुपमा रहेको पाठेघर जाँचको लागि पहल गरि आगामी दिनमा निःशुल्क जाँच शिविर संचालन गर्ने बताए । विशिष्ट अतिथि रहेका गौरीगंगा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राज कुमार थारुले निशुल्क कान तथा दात जाँच शिविरले राम्रो सेवा पाउने बताए ।

attariya hospital

कार्यक्रम गौरीगंगा नगर स्तरीय मेलमिलाप केन्द्र चौमलाका संयोजक हेमन्त राज जोशी (बाजे) को अध्यक्षतामा सम्पन्न भएको थियो ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.