बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकामा सञ्चालित आँखा शिविरमा चार सय बढीले सेवा लिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा केदार मावि पिपलकोटमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ४१३ जनाको आँखा जाँच तथा ५३ जनाको निःशुल्क शल्यक्रिया गरिएको बताइएको छ । आँखा शिविरमा गेटा आँखा अस्पतालका डा. लिनु रायमाझी नेतृत्वको १२ जनाको टिम रहेको थियो ।