कञ्चनपुरको गड्डाचौकी नाकाबाट आइरहेका ३ जनालाई कोरोना

कञ्चनपुर- कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतबाट घर फर्किरहेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार ७९ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

maya metro hospital

गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज प्रेमसिंह भण्डारीका अनुसार भारतको हरिद्वार, दिल्ली र पञ्जावबाट आएकाहरूमा संक्रमण देखिएको हो ।

citizen security services

संक्रमण देखिनेमा २ जना कञ्चनपुरको बेलडाँडी गाउँपालिका र १ जना भीमदत्त नगरपालिकाका छन् । उनीहरूलाई होम आइसोलेसनमा बस्ने गरी घर पठाइएको छ ।

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.