अछाम- अछाममा करेन्ट लागेर एक युवती घाइते भएकी छिन् । साँफेबगर नगरपालिका–११ वैद्यनाथकी १९ वर्षीया विन्द्रा सुनार करेन्ट लागेर घाइते भएकी हुन् ।

उनलाई डालेघाँस काट्ने बेला रुखमा तारले छुनगई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनको न्यायहेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको र आज घर पठाइने बताइएको छ ।
