खाेज्नुहाेस

अत्तरियाको महोत्सवमा सांसद बलायरलाई ६ मागसहित ९ किलोको माला

Image

अत्तरिया- कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद वीरबहादुर बलायरलाई छ ओटा मागसहित नौ किलोको माला लगाइएको छ । कैलालीको अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवको उद्घाटन गर्न पुगेका उनलाई नौ किलोको माला लगाइएको हो भने अत्तरिया उद्योग वाणिज्य संघले मागपत्र पनि बुझाएको हो ।

navjiwan hospital

संघको मागपत्रमा गोदावरी नगरपालिका क्षेत्रभित्र खुल्ला मञ्चको व्यवस्थापन गरी विकास गर्न, गोदावरी धाम तथा हाटखोली क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरी कार्य सञ्चालन गर्न, सुदूरपश्चिम प्रादेशिक राजधानी यथाशीघ्र कार्यान्वयनमा ल्याउन र गेटा विमानस्थलको स्तरोन्नतीका लागि आवश्यक पहल गर्न भनिएको छ ।

attariya hospital

त्यस्तै, अत्तरिया बजार क्षेत्रको भीमदत्त राजमार्ग पूर्वपट्टिको नेपाली सेनाको भोगाधिकार रहेको जग्गामा वर्षौँदेखि घर टहरा बनाई व्यापार व्यवसाय गर्दै आएकाहरुको हकहितमा हुने गरी कार्यान्वयन गराई आवश्यक पहल गरिदिन र गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको रुपमा सञ्चालन गर्न आवश्यक पहल गरिदिन भनिएको छ ।

महोत्सवको आठौँ संस्करणलाई भव्यताका साथ सफल पारी नवौँ संस्करणको महोत्सव आयोजना गर्ने आधार बनाउनुका साथै प्रादेशिक महोत्सव पनि भएकाले सुदूरपश्चिमका नौ ओटै जिल्ला समेट्ने गरी नौ किलोको माला लगाइएको बताइएको छ । आठौं संस्करणको महोत्सव आजबाट सुरु भई माघ ७ गतेसम्म सञ्चालन हुनेछ ।